Header Ads


मिसेस तीज प्रतियोगिता हुने

हेटौंडा, ९ साउन/ हेटौंडा लेडी जेसीजको आयोजनामा ‘मिसेज तीज हेटौंडा २०७४’ हुने भएको छ ।
सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै साउन २८ गते कार्यक्रम हुने जानकारी दिईएको हो । संस्कृतिको संरक्षण एवम् संवद्र्धन गर्न, महिलाको हक अधिकारको बारेमा जानकारी दिन, महिलामा भएको अन्तरनिहित प्रतिभाको प्रस्फुटन र सम्भाव्य चुनौतीलाई आत्मसाथ गर्दै महिला शसक्तिकरणमा टेवा पु¥याउने उद्देश्यले कार्यक्रमको अयोजना गरिएको मिसेज तीज हेटौंडा २०७४ की कार्यक्रम संयोजक अस्मिता श्रेष्ठले जानकारी दिईन् ।
विवाह भएका २१ जना महिलाले कार्यक्रममा सहभागिता जनाउने उनले बताईन् । २१ जना सम्मिलित प्रतियोगितामा विभिन्न चरण पार गरेपछी मात्र प्रथम हुन सक्ने आयोजकले जनाएको छ । जसमा परिचयात्मक राउण्ड, प्रश्नउत्तर राउण्ड, उत्कृष्ट १० जनाको छनौट, उत्कृष्ठ ५ जनाको छनौट, लिखित परीक्षा लगायतका चरणहरु पार गरेपछी मात्र प्रतियोगिताको विजयी टुङ्गो लाग्नेछन् । सहभागि हुने २१ जनालाई १५ दिनको तालिम दिईने आयोजकले जनाएको छ । प्रतियोगितामा भाग लिन ईच्छुकले १० हजार रुपियाँ शुल्क बुझाउनु पर्नेछ ।
साथै पत्रकार सम्मेलन मार्फत हेटौंडा लेडी जेसीजको भवनको शिलान्यास हुने जानकारी दिईएको छ । हेटौंडा–१ चौकीटोलमा साढे १४ धुर जग्गामा भवन निर्माण हुन लागेको लेडी जेसीज अध्यक्ष निशा रोक्काले जानकारी दिइन् । हेटौंडा लेडी जेसीज वर्ष २०१७ की अध्यक्ष निशा रोक्काको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा लेडी जेसीजकी संस्थापक अध्यक्ष नीरा गोर्खाली, पूर्व अध्यक्षहरु रश्मी बस्नेत, ग्रेस श्रेष्ठ, राधिका श्रेष्ठ, निर्मला श्रेष्ठ लगायतकाको उपस्थिति रहेको थियो ।  
Powered by Blogger.