Header Ads


अल्पदृष्टिलाई खाद्यान्न

हेटौंडा, ९/ नेपाल महिला संघ मकवानपुर शाखाले अल्पदृष्टि संस्था मकवानपुरलाई सोमबार खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ ।   
    संस्थाकी प्रमुख कल्पना शर्मालाई संघले दश हजार रुपियाँ बराबरको सामाग्री हस्तान्तरण गरेको हो । अस्मीता श्रेष्ठको सभाध्यक्षतामा भएको एक कार्यक्रमकाबीच सामाग्री हस्तान्तरण गरिएको हो । चामल, तेल, चिउरा, भुजालगायतका सामाग्री हस्तान्तरण गरिएको अस्मीता श्रेष्ठले जानकारी दिइन् । कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपाने नगर सभापति आनन्दराम पराजुली लगायतको आतिथ्यता रहेको थियो ।
Powered by Blogger.