सानोपाखेरा र मल्टिभिजन विजय
हेटौंडा, २ भदौ/हेटौंडाको लोकतान्त्रिक चौर (हुप्रचौर) मा जारी सुन्दर सहकारी कपसेभेन ए साइड फुटबल प्रतियोगितामा सानोपोखरा क्लब र मल्टिभिजन विजय भएका छन् ।
शुक्रबार भएको पहिलो खेलमा सानोपोखराले पाथिभरा युवा क्लबलाई १–० को गोल अन्तरले पराजित गरेको हो । सानापोखराको लागि २२ मिनेटमा मिलन लामाले गोल गर्न सफल भए । सानोपाखेराले प्रहार गरेको अधिकांश बल पाथिभराका गोल किपर पुष्पराज पुडासैनीले विफल पारेपछि लामाको गोल नै निर्णायक बन्यो । प्रतियोगितामा म्यान अफ दि म्याच सानोपाखेराका लामा घोषित भए । शुक्रबार भएको दोस्रो खेलमा हेटौंडा फुटबल क्लबलाई ३–२ को गोल अन्तरले हराउदै मल्टिभिजन विजयी भएको छ । प्रतियोगितामा मल्टिभिजनको तर्फबाट खेल सुरु भएको नौ मिनेटमा विवेक गुरुङले गोल गरे भने रञ्जन विष्टले २१ मिनेटमा र ४० आँै मिनेटमा गोल गर्न सफल भए । हेटौंडा फुटबल क्लबको तर्फबाट आशिष लामाले २८ आँै मिनेटमा र प्रविन श्रेष्ठले ४१ आँै मिनेटमा गोल गरेका थिए । प्रतियोगितामा म्यान अफ द म्याज मल्टिभिजनका विवेक गुरुङ घोषित भए । १६ टिमले सहभागिता जनाएको प्रतियोगितामा भोली शनिबार अर्थोपेडिक विरुद्ध पेट्रोन युथ क्लब, डिलर एशोसियसन विरुद्ध हेटौंडा भेट्रान र हेटौंडा फुटबल एकेडेमी विरुद्ध गोर्खा ब्वाइज बीच रहने आयोजकले जनाएको छ ।

