Header Ads


उपाधीको लागि मल्टिभिजन र एशोसियसन भोली भिड्ने

हेटौंडा, ६ भदौ/हेटौंडाको लोकतान्त्रिक मैदान (हुप्रा)मा जारी सहकारी कप सभेन ए साइड फुटबल प्रतियोगिताको उपाधीका लागि भोली विहीबार एफसी मल्टिभिजन र डिलर एशोसियसन भिड्ने भएका छन् । मंगलबार भएको खेलमा एफसी मल्टिभिजन र डिलर एशोसियसन विजयी भए पछि यी दुई टिमबीच उपाधि भिडन्त पक्का भएको हो ।
मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा एफसी मल्टिभिजनले एफसी इन्टरनेटलाई ट्राइब्रेकरमा पराजित गरेको हो । निर्धारित समयमा मल्टिभिजन र एफसी इन्टरनेटले १–१ गोलको बराबरी भएपछि खेल ट्राइबेकरमा पुगेको थियो । ट्राइबेकरमा इन्टरनेटलाई ४–३ ले हराउँदै मल्टिभिजन फाइनलमा पुगेको हो । मल्टिभिजनको लागि रञ्जन विष्ट, अमिरश्रेष्ठ, मनोज विष्ट र विवेक गुरुङले गोल गरेका थिए भने इन्टरनेटको तर्फबाट राजश्रिप प्रजापति, विक्रम बानियाँ र इरोज थापाले गोल गरेका थिए भने सुशान्त लामाले प्रहार गरेको बल
बाहिरिएको थियो । प्रतियोगितामा मल्टिभिजनका गोल रक्षक अशोक बराल म्यान अफ द म्याच घोषित भए । मंगलबार नै भएको दोस्रो खेलमा चौकिटोल युवा क्लबलाई ६–२ को गोल अन्तरले हराउँदै डिलर एशोसियसन फाइनलमा प्रवेश गरेको छ । एशोसियसनको तर्फबाट राजन गौतमले ह्याट्रिक गर्न सफल भए भने स्यान्टो आचार्य, सुनिलजंग कार्की र भुपेन्द्र चौलागाईले एक÷एक गोल गर्न सफल भए । प्रतियोगितामा ह्याट्रिक गर्न सफल भएका गौतम म्यान अफ द म्याच घोषित भए । सुन्दर बचत तथा ऋण सहकारी संस्थाको स्थापना दिवसको अवसरमा आयोजित प्रतियोगितामा १६ टिमले सहभागिता जनाएका थिए । प्रतियोगितामा  विजेताले नगद ३० हजार रुपियाँ र उपविजेताले २० हजार रुपियाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता,  अनुशासित क्लबलाई समेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।
Powered by Blogger.