बंगुरे ज्यानकाहरु भन्दैछन ‘मेरो फिगर कोकोकोला’
‘फिगर’ भनेको गोरा र कुइरेको भाका हो तर त्यसलाई खाँट्टी नेपाली भाकामा भन्नु पर्दाचै ‘ज्यानको बनावट’ भनेर भन्छन ।
हाम्रो देशमा छयालीससाले बौदलले पाउकस्ट गरेपछि हरेक क्षेत्रमा क्रान्तिकारी आमुल परिवर्तन भएको छ । बौदलपनि क्रान्ति गरेर आको हो भने कथित गणतन्त्र पनि क्रान्ति गरेरनै आएको हो । जसरि मने कम्रेटहरुले अग्रगामी छलांगमारेर गणतन्त्र पछी सन्सनी मच्चाए त्यस्तै गरि अहिले संगीतको दुनियामा मिस्मासे भाकाले सन्सनी मच्चाएको छ ।
‘तिम्रो फिगर कोकाकोला’ भन्ने भाका पनि सुन्नु भएकै होला । यो भाका दिनमा भन्दा पनि साँझको बेला सुन्दा अर्कै किसिमको आनन्द आउँछ । साँझको बेलामा खोया देखि टिनबिर्के लगाए पछी दुई बिस नाघेकी पनि एक बिस जस्तो देखिन्छ भने बंगुरे ज्यान भएका मुईयाहरु कोकोकोला जस्तो देखिनु स्वाभाविकै हो ।
कोकाकोला भनेको रातो गुलियो झोल हाल्ने जिनिस । सुलित्त परेको गला र बारुले जस्तो कम्बर भएको त्यो सिसाको जिनिस देखेर होला त्यसलाई च्वांक तरुनीको ज्यान संग दाँजेर किरण माईकल भन्नेले लेखेको गीतलाई प्रल्हाद तिमिल्सिना र जोनिसा पौडेल आज भन्दा दुईबर्ष अगाडि गाएको गीतलाई पोहोर तिज आउनुभन्दा २ महिना अगाडि देखिनै दरखाने निउँमा हातमाचुरोट र रौसिको बोतल लिएर नाच्दै अग्रगामी छलांग मारेको पनि देखिएकै हो । ‘तिम्रो फिगर कोकाकोला’ भन्ने गीतमा पोहोर जसरि धेरैले मच्चिमच्चि, थच्चिथच्चि कम्बर मर्काए । त्यसरी कम्बर मर्काउनेमा बकुल्लाको हुलमा कागहरु पनि देखिएकै हो र त्यै देख्या भएर पोहोर जस्तै गर्लान भनेर यो पालीपनि जस्तो देखाई त्यस्तै लेखाई भन्दै ‘जनकमानको तीजे झटारो’ भनेर डाम्दैछु ।
श्रीमान, पोई, लोग्ने, खसम देखि बेट्वाके बापहरु चै सुदामाका जस्तो तर हाम्री महान गणतन्त्रे नारि, महिला, आईमाई देखि औरतहरुको सुकोमल ज्यु ज्यान दिन प्रतिदिन भगवान सिरिरामको जार लंकाधिपति राबनको बुईनी शुपर्णखाको जस्तो देख्दैछु । नहुन पनि कसरि । प्रजातन्त्र देखि गणतन्त्र आयेसी नारीलाई काम लाउनु
हुन्न । नारी अधिकार हनन हुन्छ ।
नारी अधिकारि हनन भो भने पुलिसले हातमा फलामको चुरा लाएर चिसो सिंडीमा लगेर जाक्छन । भोलिपल्ट हाम्रा महान खबरेहरुले ¤ नारी अधिकार हनन गरेको बापतमा पुलिस द्वारा पक्राउ ¤ भनेर भंगेरे अक्षरमा लेखिएको समाचारले पत्रिका भित्तो पोतिन बेर लाम्दैनन किनभने महान प्रजातन्त्र देखि अग्रगामी छलांग मारेर ल्याको व्यवस्थाले देखिने नतिजा यस्तै हुन्छ ।
ब्या गर्नु भन्दा अगाडि हिन्दीमा भाकामा भनिने ‘नासमझ’ नेपाली भाकाको ‘अज्ञानी’ भाले बन्न खोज्नेहरुले उमेर नपुग्दै ‘लप’ भन्ने ‘मायाँ पिरती गास्न थाल्छन । त्यसरी पिरती गास्ने बेलामा आÇनी प्रेमिका भन्ने लभरहरुलाई ‘जुन तारा टिपेर’ दिने देखि अंग्रेजी भाकाको प्रिन्सेज अर्थात ‘राजकुमारी’ बनाएर राख्छु भन्दै अंग्रेजी भाकामा ‘प्रमिस’, हिन्दि भाकाको वादा, कस्सम देखि नेपाली भाकाको किरिया खान समेत पछी हट्दैनन ।
हिजोआजको जमानामा हाम्रो बाउ बाजे देखि मेरै जमानाको शादी बिहे हुन छाड्यो । जर्बजस्ति गर्न पनि मिल्दैन । बाउआमाले मनले खाको केटि बिहा गर्दिन खोज्यो भने घांटीमा डोरी लाएर पिंग खेल्न बेर लाउदैनन । मण्डपबाट ब्यौली भागेको पनि देखिएको हो त्यसैले आजकल त धेरै भुराभुरीहरुले उमेर नपुग्दै ‘Çलाईंग
म्यारिज’ अर्थात भागि ब्या गर्छन ।
गाला मुस्तांगे स्याउ हुन्जेल त रमाइलै हुन्छ । जब जोईकी भुडीले करामत देखाउन थाल्छ त्यसपछि गैरी खेत बन्धकी राखेर हुन्छकी सयकडा ५ मा ब्याज काढेर हुन्छ हान्निने भनेकै खाडी मलेस्या अनि जोईले पाउने पद भनेको ‘तोरी लाउरे’ देखि ‘डोरी लाउरे’ सम्म हो । कुरो माथी टुप्पामा लेख्या फिगर देखि कोकोकोलाको आयो । आए पछी लेखलाई बिचमा छाड्ने कुरो पनि भएन । बरा सुदामा देखि चैनिजे हिरो ब्रस्लीको जस्ता ज्यान भका पोई देखि खसमहरुको जोईलाई हिजाज डोको नाम्लो भिरेर घाँसपात गर्न देखि रनबन घन्काउदै बन जंगल चाहार्न जानु पर्दैन । त्यहि जानु पर्ला भनेर पोई हिडेको महिना दिन नबित्दै भुराभुरी पढाएर ठुलो मान्छे बनाम्ने बहानामा गाउँबाट सहरमा कोठो भाडामा लिएर बस्छन हैन बस्न बाध्य पार्न लगाईन्छ । बाउ आमा भन्दा जोई प्यारो भ सी के लाग्छ नि राम तर त्यसरी बस्ने धेरैका भुराभुरीहरु ट्यापे अर्थात लागु औषधिका अम्मलीभो भनेर पत्रिकामा दिनहुँ छापिने खबर पनि पढ्न बानी परिसकेको छ ।
हिजो गाउँघरमा ढाडको छाला खुईलिने देखि अन्वार घामले डढेर दक्षिण भारतका हिरो रजनिकांत जस्ता हाँडी अनुहारर भकाहरु शहरमा डेरा गरेर बस्नासाथ फेयर लभ्लीको कमालले छुन पनि दाग लाग्ने हेलम्बुकी शेर्पिनी जस्ती हुँदै गाको तिनका तोरी देखि डोरी लाउरे पतिदेव सुदामाहरुले पनि देखेकै होलान । ‘अल्छी तिघ्रे’ भएसी ‘स्वादे जिब्रो’ हुनेनै भो क्या र ।
आहार देखि बिहारको बारेमा अरु के बयान गराई भो । जब नारीहरुको माहान पर्व तिज जस्तो चाडबाड आम्छ अनि तिनै शहरा बस्ने जोईहरु गाउँघरको कला संस्कृतिलाई चटक्क छोडेर शहरिया खिचडी मिसाएर लेख्ने खिचडी गीतकारको शब्दमा आर्को खिचडी संगीतकारले धुन भरेर गाईने गाईनिहरुले गाएको ‘बोर भयो यार’, ‘टेन्सन छ जिन्दगी’ देखि ‘तिम्रो फिगर कोकोकोला’ भन्ने गीतमा एउटा हातमा चुरोट आर्को हातमा टिनबिर्के रौसि ब्युरको बोत्तल देखाम्दै नाच्छन ।
त्यै फिगर अर्थात ज्यानको बनावट पनि २५० ःी को सिसाको बोत्तल जस्तो सुलित्त परेको भाको भए गीतले भन्न खोजेको अर्थ लाउथ्यो तर ज्यान चै १० टाउके राबनको बुईनी शुपर्णखा अर्थात जम्बो कोकोकोलाको जस्तो अनि ‘तिम्रो फिगर कोकोकोला’ भन्दै नाच्ने देखि ‘सबथोक देखाई दिन्छु’, ‘मेरो सेक्सी ज्यान’ भन्दै ‘अर्थ न बर्थ गोबिन्द गाई’ जस्ता शब्द घुसाउने अहिलेका जोति मर्नी जस्त गाईनेहरु भसी उही हिन्दि सिनेमा ३ ईडीयटको पात्रले भन्ने गरेको शब्द माथीको बलात्कार भयो कि भएन ? त्यहि भएर ‘जस्तो देखाई त्यस्तै लेखाई अर्थात देख्या र भोग्या कुरा डाम्ने चलन छ त्यै भएर जस्तो देखे त्यस्तै डाम्दिये । नभएको कुरा डामेको हैन क्यार । हैन त यो खाँट्टी झटारो पढ्ने पाठकज्यु हरु ?