खेलकुद महोत्सवको तयारी तीव्र
हेटौंडा, ३ पुस/हेटौंडा गोल्डकप फुटबल प्रतियोगितालाई निरन्तरता दिने उद्देश्यसहित यही पुष ७ गतेबाट हेटौंडामा हुन लागेको राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सवको तयारी तीब्र पारिएको छ ।
सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठान र औद्योगिक शान्ति नेपाल संस्थाको आयोजनामा हेटौंडा–१० स्थित टीसीएन मैदान (आँखा अस्पताल पछाडि) ७ गतेदेखि १७ गतेसम्म महोत्सव आयोजना गर्न लागेको हो । महोत्सवको तयारी द्रुत रुपमा अगाडि बढाएको प्रतिष्ठान अध्यक्ष भेष खड्कीले बताए ।
मेला स्थल घेर्ने, बाल उद्यानमा प्रयोग हुने सामग्री निर्माण तथा स्टल निर्माण कार्य भैरहेको छ । मेलामा आउने कलाकारसँग सम्झौताको कार्य पनि अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । ‘२÷३ दिन भित्रै मेलामा आउने कलाकारको पनि टुङ्गो लाग्नेछ’, अध्यक्ष खड्कीले भने, ‘मेलाबाट आर्थिक संकलन गरी हेटौंडा गोल्डकपलाई निरन्तरता दिन सहज हुनेछ भन्ने विश्वास लिएका छौँ ।’ प्रतिष्ठान अध्यक्ष खड्कीले यसवर्ष माघ महिनामा तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता आयोजना गर्नका लागि आर्थिक संकलन गर्न महोत्सव आयोजना गरिएको जानकारी दिए । अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न अखिल नेपाल फुटबल संघ (एन्फा)सँग मिति तोक्ने बिषयमा छलफल भइरहेको र आर्थिक संकलन तत्काल गर्नुपर्ने भएकोले महोत्सव आयोजना गर्न लागिएको आयोजकले बताएको छ ।
महोत्सवमा तीनसयभन्दा बढी खेलकुद तथा व्यापारिक स्टलहरु रहने छन् । दैनिक विभिन्न खानाका परिकारहरुको स्टल तथा स्थानीय एवम् राष्ट्रिय कलाकारबाट सांगीतिक प्रस्तुती समेत रहने महोत्सवमा खुला गायन, फेशन शो र विभिन्न खेलकुद प्रतियोगिता समेत आयोजना हुने प्रतिष्ठानका महासचिव सविन न्यौपानेले जानकारी दिए । २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पमा निधन भएका खेल पत्रकार सुमन भोम्जनको स्मृतिमा महोत्सव तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता प्रतिष्ठानले गर्दै आइरहेको छ । प्रतिष्ठानले यसवर्ष गतवर्षभन्दा बढी अर्थ संकलनको लक्ष्य राखेको छ । महोत्सवमा करिब पाँच करोड रुपियाँको कारोबार हुने र करिब तीन लाख जनाले अवलोकन गर्ने अनुमान गरिएको छ ।