संघको साख नगिरोस
प्रदेश र प्रतिनिधिसभा निर्वाचनका उमेद्वारहरुको हार र जितको समिक्षा पनि सकिन नपाउँदै पुनः मकवानपुर एक पटक उद्योग वाणिज्य संघको निर्वाचनको रौनकले तातिएको छ । शुरुवाती अवस्थामा चर्चामा अध्यक्ष पदका चार उमेद्वारदेखिए पनि पछिल्लो समय भने अवस्था परिवर्तन भएको छ । आईतबार एक पत्रकार सम्मेलनकाबीच प्रत्यासी तीन उमद्वारमध्यका दुई उमेद्वारले एक उमेद्वारलाई चुनावमा पूर्णसहयोग गर्ने शर्तमा अध्यक्षको उमद्वारी फिर्ता लिएसँगै संघको चुनावी अभियानले नयाँ मोड लिएको हो । अन्ततः संघको आसन्न निर्वाचनमा केवल दुई उमेद्वारमाझ मात्र भिडन्त हुने पक्का पक्कि भएको छ ।
निर्वाचनमा मतको कति महत्व हुन्छ भन्ने कुरा सबै मतदातालाई थाहा नै छ । मनजित्न सहज भएपन मतजित्ने आधार काम नै हो । तथापी मतदातामाझ भावी विकासका लोभलाग्दा योजना लिएर मतमाग्ने प्रथा हामी कहाँ विगतदेखि नै चलि अएको छ । जसका कारण उम्मेदवारले प्रतिवद्धता र निष्ठापूर्वक आप्mनो जिम्मेवारी वहन नगर्दा मतदाता ठगिनुको विकल्प रहन्न । यो समस्या राष्ट्रिय राजनीतिमामात्र नभई ब्यवसायीक संघ संगठनहरुमा पनि पर्याप्त देखिन थालेका छन् । कुर्सि मोहका कारण विभिन्न दाउपेचबाट निर्वाचनमा होमिने र पदप्राप्ति पछि पदको दरुपयोग गर्ने दर्जनौ घटनाबाट मतदातामा निर्वाचनप्रति वितृष्णा जागेको पनि देखिन्छ । त्यति हुँदा हुँदै पनि निर्वाचन नेतृत्व चयन गर्ने लोकतन्त्रको एक उत्कृष्ट अभ्यास हो भन्नेमा कसैको विमति रहन्न । त्यस अर्थमा निर्वाचनको सार विजय वा पराजय दुईमध्ये एक निश्चित हो । उमेद्वारले संस्थाप्रति गरेको योगदान, मतदाताप्रतिको कर्मनिष्ठता र लोकप्रियतालगायतका विभिन्न पक्षले यसको निर्धारण गर्दछ ।
अहिले जिल्लाभरी नै मकवानपुर उद्योग बाणिज्य संघको चुनावको चर्चा चलेको छ । देश राजनीतिक ध्रुुविकरणका कारण फरक–फरक कित्तामा विभक्त छ । तर, मताधिकार भएका अधिकांश ब्यवसायीहरु भने राजनीतिक धु्रविकरणको छाँया उद्योग वाणिज्य संघमा नपरोस् भन्ने कामना गरिरहेको बुझिन्छ । लामो एतिहासिक पृष्टभूमि बोकेको ब्यवासायीहरुको आस्थाको धरोहर मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्व लिने होडमा रहेका दुई प्रत्यासी उमेद्वारहरु मध्ये जसले जिते पनि संघको गरिमा यथावत रहोस् । उमेद्वारले जित्दै गर्दा संघको हार हुनु ब्यवासायीका लागि दुखद् कुरा हो । त्यसैले संघको साख गिर्न नदिन सबै ब्यवसायीले नेतृत्व चयनमा विषेश ख्याल गर्नु पर्ला की ।