पालुङ जेसीजको अध्यक्षमा अमात्य
थाहानगर, ३ पुस/पालुङ जेसीजको वर्ष सन् २०१८ को अध्यक्षमा विजयश्याम अमात्य निर्विरोध चयन भएका छन् ।
आईतबार राति अबेर सकिएको निर्वाचन कार्यक्रमबाट अमात्यको नाममा सहमति जुटेको थियो । अध्यक्ष पदमा उम्मेदवारी दिएका सुवास गोपाली र कुमार नेगीले उम्मेदवारी फिर्ता लिएपछि अमात्य अध्यक्षमा निर्विरोध चयन भएका हुन् ।
कार्यकारीणि उपाध्यक्षमा मनोज रायमाझी र उद्धव बिडारी चयन भएका छन् भने उपाध्यक्षमा सविन बिष्ट, नवराज लामा, अनित बिष्ट र रामकाजी महर्जन निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत शिवकुमार खत्रीले जानकारी दिए । थाहा नगरपालिकाका उपमेयर खड्ग गोपालीको प्रमुख आतिथ्यतामा पालुङ जेसीजको साधारणसभा भएको हो ।
गोपालीले विकृती र विसंगति अन्त्यका लागि पालुङ जेसीजले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए । कुलतमा फसेका युवा जमातलाई सही मार्गमा ल्याउन जेसीज अभियानले सहयोग पु¥याएको उनको दावी थियो । नेतृत्व, व्यक्तित्व र भ्रातृत्वको विकास गर्दै युवा केन्द्रित कार्यक्रम सञ्चालन गर्दै उनले यसको लागि आवश्यक सहयोग गर्न थाहा नगरपालिका तयार रहेको प्रतिबद्धता जनाए ।
पालुङ जेसीज वर्ष २०१७ का अध्यक्ष अञ्जल प्रधानको अध्यक्षतामा भएको साधारणसभामा वर्ष २०१७ का महासचिव विक्रम केसीले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष सुवास गोपालीले आर्थिक प्रतिवेदन प्रस्तुत
गरेका थिए । साधारण सभामा २०१० का अध्यक्ष सुरेन्द्रमान प्रधान, समाजसेवी अच्युतमप्रसाद ढकाल, थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष कबिराज खत्री, पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष विमल कुमार ढकाल, पालुङ जेसीजका संस्थापक अध्यक्ष पुरुषोत्तम ढकाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।