Header Ads


पाण्डुकेश्वरको मन्दिर पुनर्निर्माण हुँदै

हेटौंडा, २८ फागुन/ मकवानपुरको थाहा नगरपालिकाको पालुङस्थित ऐतिहासिक एवम् पौराणिक महत्वको पाण्डुकेश्वर महादेव मन्दिर पुनर्निर्माण सुरु गरिएको छ ।
भूकम्पले क्षतिग्रस्त मन्दिरमा रहेको मूर्तिको स्थानान्तरणसँगै पुनर्निर्माण सुरु गरिएको हो । २०७२ सालमा आएको भूकम्पले जीर्ण अवस्थामा रहेको मन्दिरलाई क्षति पु¥याएपछि  पुरातत्व विभागको सहयोगमा पुनर्निर्माण थालिएको पाण्डुकेश्वर क्षेत्र बिकास समिति पालुङका अध्यक्ष जनक हमालले जानकारी दिए । उनले क्षतिग्रस्त मन्दिर निर्माण कम्पनीले भत्काउन थालेको बताउँदै आगामी दुई वर्षभित्र निर्माण गर्ने गरी विभागले निर्माण कम्पनीलाई जिम्मा दिएको बताए । पुरातत्व विभागले पाण्डुकेश्वर महादेव मन्दिर पुनर्निर्माण गर्न एक करोड १७ लाख ९२ हजार ७८४ रुपैयाँ प्रदान गरेको छ । मन्दिर आगामी २०७६ असार मसान्त सम्ममा निर्माण सम्पन्न गरिने लक्ष्यका साथ काम सुरु गरिएको छ । पाण्डुकेश्वर महादेव मन्दिरमा दैनिक नित्य पूजा गर्न, नगरा बजाउन, सरसफाइ र अन्य कार्यको लागि स्रोतको अभावमा समस्या भएको समितिका अध्यक्ष हमालले बताए ।
Powered by Blogger.