‘उपमेयरको छोराबाट असुरक्षित छौं, सुरक्षा चाहियो’
हेटौंडा, २८ फागुन/त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थान हेटौँडाका विद्यार्थीले हेटौंडा उपमहानगरपालिकाका उपमेयर मीना लामाको छोराबाट असुरक्षित रहेको जानकारी गराउँदै सुरक्षा माग गरेका छन् ।
क्याम्पसमा हुन लागेको फुटबल खेलमा कप्तान बन्ने निहुँमा सामान्य झगडा हुँदा त्यसले उग्र रुप लिँदै गएको हो । वन विज्ञान अध्ययन संस्थानमा अध्ययनरत उपमेयर लामाको छोरा सुपेन लामा भनिने सुमित लामाले बाहिरका केटाहरु ल्याएर हातपात गरेको भन्दै पीडितहरुले सोमबार हेटौंडामा पत्रकार सम्मेलन गरी सुरक्षा माग गरेका हुन् । ‘जसको आमा हेटौंडा उपमहानगरपालिकाको उपमेयर हो, उसको छोरा हेटौंडामा क्याप्टेन बन्न नपाउने भन्दै अनावश्यक विवाद झिक्दै बाहिरका गुण्डाहरु ल्याएर पिटाउने काम भयो’, पत्रकार सम्मेलनमा विशाल कोइरालाले भने, ‘हामी बाहिरी जिल्लाबाट पढ्न आएका हौं । हाम्रो यहाँ न कोही चिनाजानको मान्छे छन्, न त आफन्त नै । जिल्लाबासी भएको नाताले हामीलाई सुरक्षा दिनुपर्नेले नै हातपात गरेपछि हामी सबै तनावमा रहेका छौं ।’
उपमेयरको छोरा भन्दै पटक पटक धम्क्याउने र हातपात गर्ने काम हुँदै आएको भन्दै उनले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ज्यानको सुरक्षा तथा कानुनी कारबाहीको माग गर्दै उजुरी समेत दिएको बताए । ‘आफ्नो आमाको नाम समेत नचाहिँदो ठाउँमा प्रयोग गरेर सिंगो क्याम्पसका विद्यार्थीहरुलाई नै पटक पटक धम्क्याउने काम भएको छ’, अर्का पीडित भनिएका मुकुन्द पौडेलले भने, ‘सुपेन लामा भनिने सुमित लामालाई क्याम्पसबाट निकाला गरी सहज रुपमा पढ्ने वातावरण बनाउनको लागि हामी सरोकारवाला पक्षसंग अनुरोध समेत गर्न चाहन्छौं ।’
बाहिरी जिल्लाबाट अध्ययनको लागि आएकाहरु लामाकै कारण डर एवम् त्रासमा बस्नुपर्दा चौविसै घण्टा तनावमा बस्नुपरेको र डिप्रेसनको शिकार हुनुपरेको उनीहरुको भनाई छ । २७ गते फुटबलको क्याप्टेन बन्ने बिषयमा वन विज्ञान अध्ययन संस्थान हेटौंडा, प्रथम बर्ष दोस्रो सेमेष्टरका बिद्यार्थीहरुबीच सामान्य विवाद भएको थियो । त्यसक्रममा लामाले सागर घिमिरे नाम गरेका व्यक्तिसहित बाहिरका गुण्डाहरु ल्याएर मुकुन्द पौडेल र धिरज भट्टलाई हातपात गर्नुका साथै विशाल कोइरालाई भेटे बाँकी नराख्ने भन्दै मार्नेसम्मको चेतावनी दिएको आरोप लगाइएको छ । ‘तिमीहरु बाहिरी जिल्लाबाट आएर यहाँ दादागिरी देखाउने ? हामीलाई चिन्या छैनौं होला पावर कहाँसम्म छ भन्दै मार्नेसम्मको धम्की दिइएको छ’, विशाल कोइरालाले थपे, ‘टाउको र जीउ अलग पारिदिने चेतावनी सम्म दिइएकोले हामी निकै तनावमा छौं । मोबाइलमा फोन गरेर धम्काउने कार्य समेत भैरहेको छ । हामीलाई सुरक्षा चाहियो ।’
विएससी प्रथम वर्ष दोस्रो समेष्टरका कोइराला र लामाबीच क्याप्टेन बन्ने विषयमा विवाद भएपनि विवाद मिलिसकेको अवस्थामा फागुन २६ गते दिउँसो छलफल गर्नुछ भनि बाहिरबाट गुण्डा बोलाई मुकुन्द पौडेल र धिरज भट्टलाई कुटपिट गरेको उनीहरुले आरोप लगाएका छन् ।