पुँजीबजार सम्बन्धी अन्तरक्रिया
हेटौंडा, ६ बैशाख/ मकवानपुर उद्योग वाणिज्य संघ र नेपाल धितोपत्र बोर्डको संयुक्त आयोजनामा पुँजीबजार सम्बन्धी जनचेतना अभिवृद्धि तथा प्रशिक्षण एवम् अन्तरक्रिया कार्यक्रम बिहिबार हेटौंडामा सम्पन्न भएको छ ।
मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका संयोजक रघुनाथ खुलालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवत बहादुर कार्कीले कार्यक्रम गर्नुको उदेश्यमाथी प्रकाश पारेका थिए ।
नेपाल सरकारको पुँजि बजारको नियमन गर्ने काम धितोपत्र बोर्डले गर्ने उनले बताए । पुँजिको आवश्यकता परिपूर्ति गर्ने माध्यामको रुपमा रहेको शेयर बजारको बारेमा जानकारी गराउने उदेश्यले कार्यक्रमको आयेजना गरिएको उनले बताए । कार्यक्रममा धितोपत्र बजार तथा बस्तु बजारका विविध आयामहरुको बारेमा धितोपत्र बोर्डका प्रतिनिधि नारायण प्रसाद शर्माले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, उद्योग वाणिज्य संघका पदाधिकारी, उद्योगी व्यावसायीलगायतकाको उपस्थिति रहेको थियो ।

