स्थापना दिवसमा विविध कार्यक्रम
हेटौंडा, ६ बैशाख/ नेपाल विद्यार्थी संघको ४९औं स्थापना दिवसको अवसरमा नेवी संघ मकवानपुरले जिल्लामा विभिन्न कार्यक्रम गरेको छ । बालबालिकालाई खाद्यान्न वितरण, विरामीहरुलाई फलफुल वितरण एवम्
रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
नेविसंघ मकवानपुर अध्यक्ष राजु खतिवडाको सभाध्यक्षता, जिल्ला सदस्य कबिता बर्तौलाको संयोजन तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बीरबहादुर बलायरको प्रमुख आतिथ्यतामा हेटौंडा ५ सिंचाई टोलमा रहेको हाम्रो घर बाल गृहका ३२ अनाथ बालबालिकाहरुलाई खाद्यान्न, फलफुल, स्टेशनरी सामान र नगद रकम संस्थाकी अध्यक्ष ईन्दिरा न्यौपानेलाई हस्तान्तरण गरिएको हो । नेविसंघको स्थापना दिवसमा बलायरले बालबालिका राख्न बालगृहलाई सहज होस् भन्ने उद्देश्यले नगद २५ हजार रुपैयाँ हस्तारण गरे ।
स्थापना दिवसकै अवसरमा नेविसंघ ३ क्षेत्रीय कार्यसमितिले हेटौंडा अस्पतालमा ६८ जना विरामीहरुलाई फलफुल वितरण गरिएको छ । क्षेत्रीय सभापति सुवास सापकोटाको सभाध्यक्षता तथा केन्द्रीय सदस्य बलायरको प्रमूख आतिथ्यतामा विरामीहरुलाई फलफुल वितरण गरिएको हो । त्यस्तै नेपाल विद्यार्थी संघको स्थापना दिवसको अवसरमा विहिबार नै बनविज्ञान अध्ययन संस्थान ईकाई समितिले रक्तदान कार्यक्रम गरेको छ । ईकाई सभापति पंकज कुमार ठाकुरको सभाध्यक्षता भएको रक्तदान कार्यक्रम २६ जनाले रक्तदान गरेका थिए ।
कार्यक्रममा अतिथिहरु काँग्रेस मकवानपुरका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछाने, प्रमुख सल्लाहकार माईकल रामचन्द्र अर्याल, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, ३ नम्बर प्रदेश सदस्य सन्तबहादुर प्रजा, पार्टीका जिल्ला सदस्य एवम् संगठन विभाग सचिव भीमसेन महत, सदस्य सुनिल दाहाल, नगर सभापति आनन्दराम पराजुली, दीनेश उपाध्याय, लक्ष्मण सुवेदी, तीर्थ पराजुली, ईश्वर पण्डित, राप्रपा नेता सिताराम बर्तौला, पत्रकार महासंघ उपाध्यक्ष कुमार अधिकारी, प्रेस युनियन अध्यक्ष रुपेश दुलाल, सहसचिव सुजन विडारीलगायत विद्यार्थी नेता तथा कार्यकर्ताको उपस्तिथि रहेको थियो ।

